भाले जुधाउनका लागि खुट्टामा चक्कु बाँधिएको भालेले मालिकको ज्यान लियो
views:-2075
भारत एजेन्सी, जेठ १९ । भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइ (खेल) का क्रममा एक जनाको ज्यान गएको छ । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कु बाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चक्कुले उसकै मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।
यो घटनापछि प्रहरीले यस भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको छ । यो कार्यक्रम तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो । ती मालिकको ज्यान गएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएको र त्यहाँबाट एक फार्ममा पठाइएको बीबीसीमा उल्लेख छ ।
प्रहरीका अनुसार ’खेल’ का लागि कुखुराको भालेलाई तयार गरिँदै थियो र त्यही क्रममा उसले भाग्ने कोसिस गरेको थियो । भाग्न लागेको कुखुराको भालेलाई उसकै मालिकले समात्ने कोसिस गरे । भाले र उसको मालिकका बीच भएको सङ्घर्षमा उसको पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो चक्कुले लाग्दा मालिक घाइते भएका थिए ।
’एएफपी न्युज एजेन्सी’ को समाचारअनुसार यस घटनामा सहभागी व्यक्तिमाथि हत्या, अवैध सट्टाबाजी र कुखुराको भाले जुधाइको आयोजना गरेको आरोप लगाइएको छ । ’द न्यू इण्डियन एक्सप्रेस’ का अनुसार स्थानीय प्रहरी अधिकारी बी जीवनले भने कुखुराको भालेलाई आउँदो तारिखमा अदालतमा पेस गरिनेछ । भारतमा कुखुराको भाले जुधाइमा सन् १९६० देखि प्रतिबन्ध लगाइएको थियो तर तेलङ्गानाको ग्रामीण क्षेत्रसमेत केही ठाउँमा यो जुधाइ अझै पनि गराइँदै आएको छ ।
दक्षिण कोरियामा विमान दुर्घटना, ज्यान गुमाउनेको सङ्ख्या १ सय ७७ जना पुग्यो
टाइगर संवाददाता, बर्दिया, पुस १४ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा
विश्वकै ठूलो परिवारका घरमुलीको निधन
रेडियो टाइगर सहकर्मी, बर्दिया, जेष्ठ ३१ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली
कोरोनाका भेरियन्टलाई नामाकरण गर्ने डब्ल्यूएचओको घोषणा
रेडियो टाइगर सहकर्मी, काठमाण्डौँ, जेठ १९ । कोरोना भाइरसका नयाँनयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भाइरसको नामाकरण गर्ने

प्रतिकृया दिनुहोस