लुम्बिनी प्रदेशका कार्यालयबाट हुने कार्यक्रमका विषयमा ठाकुरबाबामा अभिमुखिकरण
views:-848
राम बहादुर थारु, बर्दिया, सावन,१६ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको आतिथ्यतामा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश मातहतका कार्यालयबाट कार्यान्वयन हुने कार्यक्रमहरूका बारेमा आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयन सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘सामुदायिक र संस्थागत विद्यालयबीच व्यवस्थापकीय पक्षमा भिन्नता छ । सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै शैक्षिक वातावरण निर्माण गरेर मात्र गुणस्तरमा सुधार ल्याउन सकिने बाताउनुभयो । शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षसहित शैक्षिक पक्षलाई सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाका अनुसार शिक्षा क्षेत्रमा गरिने लगानीले भविष्य सुनिश्चित गर्ने भएकाले प्राविधिक तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
‘शिक्षामा गरिएको लगानीले एकै वर्षमा नतिजा दिन्छ भन्ने होइन । वर्षौंपछि मात्र यसको प्रभाव देखिन्छ’– उहाँले भन्नुभयो– ‘शिक्षा नै चेतनाको आधार हो । त्यसैले यसमा लगानी र प्राथमिकता दुबै बढाउन जरुरी छ ।’ शिक्षित बेरोजगारी समस्याप्रति चिन्ता व्यक्त गर्दै उहाँले अबको शिक्षालाई उद्यमशीलता, आयआर्जन र रोजगारीसँग जोड्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले सबैको साझा धारणा अनुरूप समयमा र गुणस्तरीय रूपमा बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि प्रभावकारी रूपमा बजेट कार्यान्वयनका लागि स्थानीय तहसँग प्रदेश सरकारले समन्वय र सहकार्यले पालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव बसन्त प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना रहनुभएको थियो ।
यस्तैगरि कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, उपप्रमुख विना कुमारी भट्टराई, शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेल, मन्त्रालयका महाशाखा प्रमुख रामहरी रिजाल र विष्णु पन्थी लगायत जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

सि लिड्स आईकनको दोस्रो संस्करणबाट अवार्ड पाउनुभएकी उपमेयरलाई बधाई तथा शुभकामना पालिकामा
अन्जना चौधरी बर्दिया, पौष १। ठाकुरबाबामा बधाई ज्ञापन तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । सि लिड्स आइकन दोस्रो संस्करण विजेता बन्न सफल
नेपाल शिक्षक संघ स्थानीय तहका नेतृत्वहरुलाई क्षमता विकास तालिम
टाइगरखबर, बर्दिया, सावन ११ । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको आयोजनामा स्थानीय तहका नेतृत्वहरुका लागि नेतृत्व क्षमता विकास तालिम भालुवाङ, दाङमा
लुम्बीनी प्रदेशमा महिला हिँसा अत्याधिक
अन्जना चौधरी, बर्दिया, बैशाख १२ । बर्दियाको ठाकुरबाबामा प्रदेश स्तरीय लैङ्गिक हिँसा पिडित प्रभावितहरुको तथ्याँङ्क अभिलेखिकरण एंव प्रक्रिया

प्रतिकृया दिनुहोस