नयाँ प्रविधिले बदलिँदै सुदूरपश्चिमको कृषि:अधिकृतहरूलाई विशेष प्रशिक्षण
views:-1025
राम बहादुर थारु, बर्दिया, चैत्र ५ । सदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना मातहतका अधिकृतहरुलाई नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित नवित्तम कृषि प्रविधिकहरु बिषयक ३ दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय कृषि अनुसन्धान प्रतिस्ठान खुमलतार ललितपुरको आयोजनामा पशु सेवा तालिम केन्द्र धनगढी कैलाालीमा मंगलबारबाट शुरु भएको कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।
राष्ट्रिय कृषि अनुसन्धान प्रतिस्ठान खुमलटार, ललितपुरले कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उदेश्यका साथ सदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना मातहतका अधिकृतहरुका लागि तालिम आयोजना गरिएको हो ।

तालीमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले परिषद्सँग सहकार्य गरी प्रादेशिक कृषि विकासमा उपयुक्त प्रविधिको अवलम्बन गराउन सुदूरपश्चिम प्रदेश सदा तत्पर रहेको बताउनुभयो। उहाँले परिषद्लाई अनुसन्धानका लागि चाहिने स्रोतसाधन उपलब्ध गराउन र सहकार्यमा अनुसन्धान सञ्चालन गरि उपयुक्त प्रविधिको विकास गर्न जरुरी रहेको र केही विषयमा सहकार्य भइरहेकोमा खुशी लागेको बताउनुभयो। किसानका समस्यासँग सम्बन्धित कुरामा अनुसन्धान गरी समयमै समाधान निकाल्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।
तालिममा बालीनाली, बीउबिजन, यान्त्रीकरण, माटो व्यवस्थापन, रोगकीरा, फलफूल, तरकारी, आलु, सामाजिक(आर्थिक, जलवायु(मैत्री कृषि प्रविधि लगायतका विषयमा परिषद्ले विकास गरेका प्रविधिहरुको बारेमा जानकारी गराईको थियो।
तालिममा प्रविधि विस्तारमा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको भूमिका, गुणस्तरिय बीउ आलु उत्पादन र व्यवस्थापन, तरकारी बालीको लागि प्याकेज अफ प्रक्टिस, पशुपन्छी तथा मत्स्य पालन प्रविधि लगायतको विषयमा विनेशमान शाखः, डा.कालिकाप्रसाद उपाध्याय, डा. श्रीप्रसाद बिष्ट, डा.सुधा सापकोटा, डा.उमेश आचार्य, डा. घनश्याम भण्डारी, दिपक पाण्डे, रोमन कार्की तथा सागर महर्जन लगायतले प्रशिक्षण दिनुभएको थियो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले बीउबिजन र प्रविधिको आवश्यकता पूरा गर्न अनुसन्धान र प्रसारको हातेमालो जरुरी रहेको र यस्ता कार्यक्रमले सुदूर पश्चिम प्रदेशका कृषि कार्यकर्ताहरुलाई प्राविधिको क्षेत्रमा भइरहेका प्रगतिबारे अद्यावधिक हुन मद्दत पुग्ने बताउनुभयो। उहाँले परिषद् र मन्त्रालयले सल्लाह गरि किसान र प्राविधिकको क्षमता बढाउन दुबै तर्फको स्रोत, साधन र ज्ञानको उपयोग गर्न सहकार्य गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक बिनेशमान साखःले परिषद्ले स्थानीय र प्रादेशिक स्तरका प्राविधिकहरुका लागि विभिन्न विषयका तालिमहरु सञ्चालन गर्दै आइरहेको र अगामी दिन पनि यो क्रम जारी रहने बताउनुभयो।
सहभागिको तर्फबाट दिपकराज ओझाले दिन–दिनै किसानका समस्या सुन्नुपर्ने प्रसारकर्ताले तिनको समाधानका लागि अनुसन्धानका उपलब्धिबारे अद्यावधिक हुन पाउँदा खुशी लागेको बताउनुभयो।
कृषि प्राविधिकहरुको लागि विकसित नवित्तम कृषि प्रविधि सम्बन्धि ३ दिने तालिम कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद अन्र्तगत राष्ट्रिय कृषि प्रविधि अनुसन्धान प्रतिस्ठानका निर्देशक बिदेशमान शाख: को अध्यक्षातमा सम्पन्न भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिम प्रदेशका सचिव शंकर शाहको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तैगरि नेपाल कृषि अनुसन्धान परिषद अन्र्तगत अनुगमन महाशाखा प्रमुख डा. सुधा सापकोटा, नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्याय, विभिन्न कार्यालयका प्रमुख तथा अधिकृतहरु लगायत सदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना मातहतका अधिकृतहरुको सहभागीता रहेको थियो।

चौधौँ राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला ललितपुरमा सुरु
टाइगर खबर, बर्दिया, वैशाख ७ । नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा चौधौँ राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला ललितपुरको खुमलटारमा सुरु
ठाकुरबाबामा निजी–सामुदायिक समन्वय समितिः प्रारम्भिक वैठक
अन्जना चौधरी, चैत २७ गते । ठाकुरबाबा नगरपालिकामा संर्वधन परियोजनाको सहकार्यमा पालिका अन्तगरगत निजी सामुदायिक समन्वय समितिको प्रारम्भिक वैठक
बढैयातालमा उड्ने प्रजातिमा सवैभन्दा अग्लो घाईते सारस चराको उपचार
अन्जना चौधरी, बर्दिया पुस २४ गते । बर्दियाको बढैयातालमा उड्ने प्रजातिमा सवैभन्दा अग्लो घाईते सारस चराको उपचार पश्चात उद्धार गरिएको छ । उड्ने


प्रतिकृया दिनुहोस