आमाको नाममा केहि भावना

views:-977

बिना कुमारी भट्टराई, बर्दिया,वैशाख ४ । तिमिलाई सतसत नमन आमा,
मुटुको गहिराइदेखि प्रणाम।
तिमी जस्तै असल आमा बन्न सकूँ,
यही छ मेरो सानो अभिलाषा र कामना।

तिम्रो माया, तिम्रो त्याग,
मेरो जीवनको पाठशाला हो,
तिम्रो बाटो पछ्याउँदै हिँड्नु,
मेरो सबैभन्दा ठूलो चाहना हो।


गल्तीहरूबाट सिक्दै ,
तिमीले देखाएको बाटो समाउँदै,
एक दिन म पनि तिमीजस्तै,
माया दिन सकुं संसारलाई

आमा थाहा छ ?
मेरा सन्तान र तिनका सन्तान पछि,
म तिमीलाई अझ सम्झिन थालेँ।
समयले घुमेर देखायो जीवन,
तिम्रो माया कति गहिरो थियो, अब बुझेँ।
त्यो समयमा कति दुःख पायौ होला,
मेरो हरेक जिद्दी सहेर चुपचाप बसेकी।

आफ्नो आँसु लुकाएर मुस्कान दिएकी,
मेरो खुसीमा आफ्नो संसार बिर्सेकी।
आज म पनि आमा बनेर,
तिम्रो बाटो हिँड्न खोज्दातब मात्रै थाहा पाए
तिमीले बोकेको पीडा कति भारी थियो।


आमा, यदि कहिल्यै तिम्रो मन दुखाएकि थिए भने,मलाई माफ गर है।
मेरो सानो संसारमा हराएर,
तिम्रो ठूलो माया देख्न सकिनँ।
ढिलो भए पनि सम्झिएँ आज,
सधै व्यस्त र भागदैोड भरि जिन्दगिमा
दुःखेका पाउ लिएर त्यहाँ तिमी एक्लै
मन भारि भएको जिउ लिएर म यहाँ एक्लै।
जिम्मेवारीले थिचिएका मेरा सन्तान पनि एक्लै
आखिर सन्तन सुखमै रमाउने सवै आमा एक्लै
बीचमा दूरी मात्र होइन,
अधुरा चाहना र मौन पीडा छन्,
बोल्न नसकेका शब्दहरू छन्,
समयले चुपचाप लुकाएका घाउ छन्।


जीवनको घुम्ती यस्तै रहेछ,
संसारको रीत नै यस्तै रहेछ।
आमा, सम्झनाको धागोले बाँधिएको छ मन,
टाढा भएर पनि कल्पनाले पुर्याएको छ तन
आमा तिमिलाई सतसत नमन ।।

विना कुमारी भट्टराई
 नगर उप प्रमुख 
 ठाकुरबाबा नगरपालिका, बर्दिया

प्रतिकृया दिनुहोस

ऐतिहासिक तथा शान्तिका दुत स्थल : परेवा ओडार

श्यामलाल थारु, बर्दिया, जेठ , ४ । ठाकुरबाबा नगरपालिकाको शिरमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र बबई पुलको उत्तरमा अवस्थित पहाडमा

भूमिहीन सुकुमबासी व्यवस्थापन:अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने 

बिना कुमारी भट्टराई, बर्दिया,वैशाख १६ । नेपालमा भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या दशकौँदेखि जटिल सामाजिक–आर्थिक मुद्दाको

‎‎बुबा हुनुको अर्थ ? अनुभव, पीडा र सिकाइको निरन्तर यात्रा

मनोज पौडेल, बर्दिया, वैशाख १३ । मानिसको जीवनमा केही यस्ता भूमिकाहरू हुन्छन् जसलाई केवल शब्दमा सीमित गर्न सकिँदैन। ती अनुभूतिहरू महसुस गरिन्छ,