एम्बुलेन्सको ठक्करबाट बाजे नातिको ज्यान गयो

views:-919

टाइगर खबर, बर्दिया, वैशाख ६ । बर्दियाको सदरमुकाम गुलरियामा एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । 

 

हुलाकी सडकखण्ड अन्तर्गत सदरमुकाम गुलरियाको डिभिजन वन कार्यालय नजिक योग गर्न जान लाग्नुभएका पैदलयात्रीहरुलाई एम्बुलेन्सले ठक्कर दिँदा २ जनाको ज्यान गएको र २ जना घाइते भएका प्रहरीले जनाएको छ ।

 

बाँकेको कोहलपुरबाट बर्दिया राजापुर तर्फ बिरामी लिन जाँदै गरेको बा ०३०५ नम्बरको खाली एम्बुलेन्सले आज बिहान ५ बजेतिर ठक्कर दिँदा गुलरिया नगरपालिका ७ का ५५ वर्षिय भुमिराज लामिछाने र उहाँका ५ वर्षका नातिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

गुलरिया नगरपालिका ७ का ५५ वर्षीय भुमीराज लामिछानेलाई उपचारको लागि नर्सिङ होम नेपालगन्ज पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

 

दुर्घटनामा लामिछानेका ५ वर्षीय नातीको पनि ज्यान गएको छ । उहाँकी ५० वर्षीया पत्नी सीता लामिछाने र सोही ठाउँका ६५ वर्षिय सूर्य उपाध्यायको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

एम्बुलेन्स चालक गेरुवा गाउँपालिका ५ का ४३ वर्षीय जगतराम थारुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु : पहिलो दिनमै ३ सय ९९ जना लाभान्वित

टाइगर खबर, बर्दिया, भाद्र १६ । बर्दियाको ठाकुरबाबा आधारभूत नगर अस्पतालमा आँखा उपचार सेवा मंगलबारदेखि सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बर्दियाको

ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न, आगामी योजनालाई प्रभावकारी बनाउने प्रतिबद्धता

टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको समीक्षा

वनकट्टि घाट गौशालामा ५८ लाखको फोहोर व्यवस्थापन केन्द्र बन्दै, ८३ बिघामा पर्यटकीय गुरुयोजना

टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले वडा नम्बर ५ मा रहेको वनकट्टि घाटमा करिब ५८ लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण