नवौँ राष्ट्रीय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको तर्फबाट पदक विजेता ठाकुरबाबाका खेलाडीहरुलाई सम्मान

views:-943


रेडियो टाइगर, बर्दिया, कात्तिक ४ । ठाकुरबाबा नगरपालिकाको तर्फबाट ठाकुरबाबा नगर खेलकुद बिकास समितिका संयोजक टेकबहादुर बडुवाल र प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले स्वागत गर्दै ठाकुरबाबा नगरपालिकाले खेलाडिहरुको मनोबललाई उच्च बनाउँदै खेलकुद क्षेत्रको विकासका लागि सधै प्राथमिकतामा राखेको विचार व्यक्त  गर्नु भएको थियो ।


यसैगरी बर्दिया जिल्ला खो खो संघको तर्फबाट भुरिगाउँ बजारमा स्वागत गर्दै जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष खगेन्द्र खनालले ठाकुरबाबालाई खोखो खेलको हबको रूपमा चिनाउन सफल भएकोमा खेलाडिहरुको प्रशंसा गर्नुभयो। सो अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष खगेन्द्र खनाल लगायत खोखो संघ बर्दियाका अध्यक्ष छत्रबहादुर शाहि, उपाध्यक्ष महेन्द्र पंगेनी, नेपाल रेडक्रस सोसाइटी, ठाकुरबाबा उपशाखा सभापति यज्ञ नेपाल, नेपाल शिक्षक संघ ठाकुरवावाका अध्यक्ष खडकप्रसाद उपाध्याय, राष्ट्रीय डोरी तान संघ,बर्दियाका खगेन्द्र नेपाल लगायतका महानुभावहरुले खेलाडि, खेल प्रशिक्षक तथा व्यवस्थापकलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो  ।


पोखरामा आयोजित नवौ राष्ट्रीय खेलकुद प्रतियोगितामा महिला र पुरुष खोखोमा लुम्बिनी प्रदेशको तर्फबाट ठाकूरबाबा८र८ जना गरी १६ जना, डिस्कस थ्रो, सटपट र कबड्डिमा गरी २० जना खेलाडि सहभागि भएकोमा पुरुष खो खो र डिस्कस थ्रोमा स्वर्ण पदक, महिला खोखोमा रजत पदक एवम् कबड्डी र सटपटमा काँश्य पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक खगेन्द्रबहादुर शाहिले जानकारी गराउनु भयो ।  


प्रतियोगितामा ठाकुरवावा नगरपालिकाकि संगिता अधिकारीले डिस्कस थ्रोमा प्रथम स्थान हासिल गरी लुम्विनी प्रदेशमा पहिलो स्वर्ण पदक भित्र्याउन सफल भएकि थिईन । प्रतियोगितामा ठाकुरबाबा नगरपालिकाका २० जना खेलाडिका साथै प्रशिक्षक खगेन्द्रबहादुर शाहि, बलिराम चौधरी,दमनध्वज थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सि लिड्स आईकनको दोस्रो संस्करणबाट अवार्ड पाउनुभएकी उपमेयरलाई बधाई तथा शुभकामना पालिकामा

  अन्जना चौधरी बर्दिया, पौष १। ठाकुरबाबामा बधाई ज्ञापन तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । सि लिड्स आइकन दोस्रो संस्करण विजेता बन्न सफल

लुम्बिनी प्रदेशका कार्यालयबाट हुने कार्यक्रमका विषयमा ठाकुरबाबामा अभिमुखिकरण

राम बहादुर थारु, बर्दिया, सावन,१६ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको आतिथ्यतामा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश

नेपाल शिक्षक संघ स्थानीय तहका नेतृत्वहरुलाई क्षमता विकास तालिम

टाइगरखबर, बर्दिया, सावन ११ । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको आयोजनामा स्थानीय तहका नेतृत्वहरुका लागि नेतृत्व क्षमता विकास तालिम भालुवाङ, दाङमा